काठमाडौं। ललितपुरको बालकुमारी घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा निकायका प्रमुखहरुसँग ब्रिफिङ लिएका छन् । शुक्रबार दुई जना युवकको ज्यान जाने गरी भएको घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ हुन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बोलाएर प्रधानमन्त्रीले घटनाको ब्रिफिङ लिएका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत ब्रिफिङमा उपस्थित थिए ।
प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।
त्यस्तै सुरक्षा निकायका अधिकारीहरुले घटनाको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका छन ।
































