काठमाडौं । संघीयता कार्यान्वयन गराउन प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
शुक्रबार हेटौंडामा बसेको बैठकले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।
सो बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै जोड दिएको थियो ।
गत असार १५–१६ गते पोखरामै तय भएको साझा अवधारणा र निर्णयलाई निरन्तरता दिँदै मुख्यमन्त्रीहरको हेटौंडा बैठक सकिएको थियो ।































