बालकुमारी घटनामा ज्यान गुमाएका युवाका परिवारलाई १० / १० लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १० / १० लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार मृतकको शव सरकारले नै उनीहरुको घरसम्म पुर्‍याइदिने निर्णय पनि गरेको छ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएका युवाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।

त्यसपछि तनावग्रस्त बनेको बालकुमारी क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो।
सो घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।