काठमाडौं । बालकुमारी झडप प्रकरणमा थप अर्का एकजनाको पनि मृत्यु भएको छ ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररूप लिएपछि मृत्यु भएको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कठायतका अनुसार पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको छ ।
यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । मृतकको छातिमा निलडाम देखिएको र प्रहरीको गोलि नलागेको बताईएको छ।































