मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी, एक जनाको मृत्यु


काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली ईपीएसको आवेदन फारम भर्न नपाएको भन्दै केही युवाहरुले आगजनी गरेका हुन ।

सोही क्रममा एकजना युवकको मृत्यु भएको छ । प्रहरी र युवाहरुबीच दोहोरो झडप भएको थियो । इमाडोलस्थित किष्ट अस्पतालमा करिब २३ वर्षीय सुजन राउतको मृत्यु अस्पतालले जनाएको छ ।

राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेका थिए । त्यसपछि उपचारका लागि अस्पताल लगिएको थियो।
राउतको छातीमा निलदाम देखिएको बताइएको छ । प्रहरीले चलाएको गोली लागेर दुई युवा गम्भिर घाइते भएका छन् ।