काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारका आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको हो ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएको छ । त्यसैले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।
पुस २५ गते गरिने सुनुवाईमा हुने न्यायाधीश ढकालको इजलासमै लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति तोकिनेछ ।































