काठमाडौं । सर्वोच्च अदालतले अबदेखि जनयुद्ध दिवसमा बिदा नदिन आदेश जारी गरेको छ।
न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त ईजलासले यस्तो निर्णय गरेको हो ।
सर्वोच्चका सुचना अधिकारी गोविन्दप्रसाद आचार्यका अनुसार सार्वजनिक बिदाले पीडितलाई थप पिडाबोध गराएको भन्दै सर्वोच्चले जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
जनयुद्ध दिवसको अवसरमा सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो।































