पोखरालाई हराउँदै ललितपुर नेपाल सुपर लिग फुटबलको फाइनलमा

काठमाडौं । ललितपुर सिटी नेपाल सुपर लिग फुटबलको फाइनलमा पुगेको छ । बिहीबार साँझ दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सीटीले पोखरा थन्डर्सलाई २(१ ले हराउँदै फाइनलमा पुगेको हो ।
ललितपुरको जितमा कुशल देउवाले निर्णायक गोल गरे । निर्धारित समयको खेल १(१ गोलको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा कुशलले ९९ औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफको इन्जुरी समयमा ललितपुरले पहिलो गोल गरेको थियो । पोखराले ७१ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो ।

ललितपुरले अब उपाधिका लागि धनगढी एफसीसँग खेल्ने छ ।