काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण छुट्का छन् । केन्द्रीय कारागार जगन्नाथदेवलबाट शुक्रबार छुटेका हुन् ।
शुक्रबार दिउँसो उनी कारागारबाट छुटेर जिल्ला अदालत काठमाडौंमा गइ ३० लाख धरौटी बुझाएको अदालतले जनाएको छ । उनी जिल्ला अदालतबाट छुटेर सम्पत्ति शुद्धीकरण विभागमा जाँदैछन्।
त्यहाँबाट उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा लगिनेछ। अख्तियारबाट छुटेपछि भने उनी तारेखमा हुनेछन्।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएका थिए ।
































