विवाह बन्धनमा बाँधिइन पूर्वमिस नेपाल शृंखला खतिवडा

काठमाडौं । पूर्वमिस नेपाल शृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छिन् । बिहीबार सञ्चार उद्यमी सम्भव सिरोहियासँग वैवाहिक बन्धनमा बाँधिएकी हुन ।
काठमाडौंको हायात होटलमा उनीहरुबीच विवाह भएको हो ।
केही वर्षदेखिको यी दुईबीच प्रम सम्बन्ध थियो । सो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । शृंखला पूर्वस्वास्थ्य मन्त्रीसमेत तथा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन । त्यस्तै सिरोहिया कान्तिपुरका मालिक कैलाश सिरोहियाका छोरा हुन ।