काठमाडौं । नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण तारेखमा रिहा भएका छन् । उनले उच्च अदालत पाटनको आदेश अनुसार ३० लाख धरौटी बुझाएपछि रिहा भएका हुन ।
खाणलाई बिहीबार उच्च अदालतले ३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत्को बैंक ग्यारेन्टी पेस गरेका थिए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण विभाग र आयोगमा पुर्याइएको थियो ।































