काठमाडौं । वर्षदिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन परिवर्तन गरेका छन्। अन्ततः आज पुनः एमालेसँगै गठबन्धन गर्न पुगेका हुन् ।
गतवर्ष फागुनमा प्रचण्डले एमाले लगायतका दलहरूसँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका थिए । नयाँ गठबन्धनको सहमति अनुसार अबको दुई वर्षमा एमाले र रास्वपालगायत दलहरू प्रधानमन्त्री प्रचण्डको सारथी दल रहने भएका छन् ।
सोमबार नेकपा एमालेका प्रमुख सचेत पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्याल डिपीले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष शपथ लिइसकेका छन् ।
दलहरूले कार्यदल नै बनाएर अबको मन्त्रिमण्डल भागबण्डा, मन्त्रीहरूको वरीयता, प्रदेश सरकारहरू पुनर्गठनलगायत विषयमा प्याकेजमै सहमति खोज्ने छन् ।
गृह मन्त्रालयमा नेकपा एमाले र रास्वपाको तथा अर्थ मन्त्रालयमा माओवादी तथा एमालेको दाबी रहेको छ । कसले कुन मन्त्रालय पाउने भनेर टुंगि सकेको छैन् ।
यद्यपि यसअघि कांग्रेसले लिएका मन्त्रालय एमालेले लिने मोटामोटी सहमति भएको नेताहरू बताउँछन्। मन्त्रालयकै भागबण्डा नमिल्दा सोमबार नै शपथ लिने भनिएका शीर्ष नेताहरूले शपथ लिएनन्।
एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भइसकेका छन् ।































