काठमाडौं । मन्त्रालय बाँडफाँडको लागि आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो २ बजेपछि बैठक बस्ने भएको हो ।
बैठकमा मन्त्रालय बाँडाफाँट टुंगो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ ।
सोमबार बिना विभागीय मन्त्री एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल नियुक्त भईसकेका छन् ।
मन्त्रीहरुको बाँडफाँटका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा ९माओवादी केन्द्र० बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा। स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटाईएको छ ।































