काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डोलप्रसाद अर्याल डिपीलाई शपथ गराएका हुन्।
शपथ लिएका मन्त्रीहरुलाई विभागीय जिम्मेवारी भने तोकिएको छैन् । त्यतिञ्जेलका लागि सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै हेर्नेछन्।
सत्ता गठबन्धनभित्र कुन दलले कुन मन्त्रालय लिने भागबन्डा मिलिसकेको छैज् ।































