सर्केगाड र चंखेलीको सिमाना जोड्ने सलिसल्ला बेलिब्रिज उद्धघाटन

हुम्ला । हुम्लाको सलिसल्ला बेलिब्रिज उद्धघाटन भएको छ । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा बेलिब्रिज उद्धघाटन गरिएको हो ।
उद्धघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा संघीय सांसद छिरिङ डम्डुल लामा कार्चेन, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जिवन बहादुर शाही, प्रदेश मुख्यसचिव, सचिव, सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकाया , चंखेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाही, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापा वडा अध्यक्ष, सडक विभागका कर्मचारी र हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख सडक विभागका कर्मचारीको सहभागिता थियो ।
उनीहरु प्रदेश राजधानी सुर्खेतबाट हेलिकप्टरमा उद्धघाटन गर्न पुगेका थिए ।

उद्धघाटन पश्चात टोली बाजुराको कोल्टीमा रहेको हिल्सा सिमकोट सडकखण्ड अन्तर्गतको खुलालु सलिसल्ला सडक आयोजनाको केन्द्रीय कार्यालय उद्धघाटनका लागि पुगेका थिए । त्यस्तै हेलिकप्टरबाटै समग्र रुपमा कर्णाली करिडोरको निरिक्षण गरिएको थियो ।

सलिसल्लामा बेलिब्रिज तयार, चंखेली र सर्केगाडमा मोटर सरर… (karnalibulletin.com)

यसअघि नै सलिसल्लामा बेलिब्रिज तयार भइसकेको थियो । गाडि पनि चल्न थालिसकेका थिए । आजदेखि सर्केगाड गाउँपालिका औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको  छ ।
बेलिब्रिजसर्केगाड र चंखेली गाउँपालिकाकोक सिमाना पर्छ । बेलिब्रिजको काम सम्पन्न भएसँगै दुई पालिका यातायातमा जोडिएका हुन ।

पुलको लम्बाई ४८ मिटर रहेको छ ।सर्केगाडसम्मै गाडि पुग्दा स्थानिय जनता पैदलमार्गबाट  मोटरमार्गमा जोडिएका छन् । यसले आउजाउ र व्यापार व्यवसायलाई बढाउँदै गएकोछ ।
स्थानीयको जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।