१५ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । १५ जना उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । लोकसेवा आयोगको बढुवा समितिको बैठकले उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।

योग्यताक्रम अनुसार क्रमशः नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थप्रसाद धिताल, राजेश गौतम, सहसचिवमा बढुवा हुनेछन् ।

यस्तै ऋषिराम पंगेनी, रामुराज उपाध्याय, राजकपुर चौलागाई, सन्तोषप्रसाद दाहाल, सुर्यबहादुर खत्री, जीवनप्रसाद दुलाल र ऋषिराज आचार्य पनि सहसचिवमा बढुवा हुनेछन् ।
बैठकले १५ जनालाई बढुवा गर्नेछ ।