आज के होला हिजो सर्किट ब्रेक भएर बन्द भएको सेयर बजार ?

काठमाडौं । आइतबार ६ प्रतिशत अर्थात सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजार आज के होला भन्ने लगानीकर्ताको चासो छ । विगत २८ महिनादेखि निरन्तर घटेको बजारले आइतबार राम्रो सुरुवात गरेको छ ।

राष्ट्र बैंकले कसिलो नीतिलाई खुकुलो बनाउँदा र विस्तारै अझै लचकता अपनाउन सक्ने संकेत देखिएपछि बजारमा छुट्टै उत्साह थपिएको लगानीकर्ताहरुको बुझाई छ । बजार सकारात्मक सर्किट लागेर बन्द भएकोमा लगानीकर्ताहरु उत्साहित भएका छन् ।
सेयरविज्ञहरुका अनुसार बजार अब उकालोतर्फ लागेको विश्लेषण गरेका छन् । भने केहीले बजार केही दिनसम्म टिक्ने विश्लेषण गरिरहेका छन् ।

आइतबार बजार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेर सर्किट लागेर बन्द भएको थियो । दोस्रो पटक कारोबार खुलेको केही मिटमा नै बजार ५ प्रतिशतले बढेर दोस्रो सकिर्ट लागेर ४० मिनेटको लागि बजार बन्द भयो । तेस्रो पटक पनि बजार धेरै बेर खुल्न पाएन बजार ६ प्रतिशतले बढेर सर्किट लाग्यो ।