काठमाडौं । आईतबार सर्किट ब्रेक भएर बन्द भएको सेयर बजारमा सोमबार तिब्र उतारचढाब देखिएको छ ।
ह्वात्तै उछाल आएको सेयर बजारको सर्किट ब्रेकको दोस्रो दिन कारोबार रकम बढेसँगै तिब्र उतारचढाब देखिएको हो ।
आइतबार बजार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेर सर्किट लागेर बन्द भएको थियो ।
दोस्रो पटक कारोबार खुलेको केही मिटमा नै बजार ५ प्रतिशतले बढेर दोस्रो सकिर्ट लागेर ४० मिनेटको लागि बजार बन्द भयो ।
तेस्रो पटक पनि बजार धेरै बेर खुल्न पाएन बजार ६ प्रतिशतले बढेर सर्किट लाग्यो ।































