काठमाडौं । जाजरकोटमा चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु भएको छ।
कुसे गाउँपालिका-९, चौराठाकी २४ वर्षीय सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो ।
गाउँपालिकाका उपाध्यक्ष देविका शाहीका अनुसार विरामी परेपछि उपचारमा बेवास्ता हुँदा उनको मृत्यु भएको हो ।
त्रिपालमा बस्दै आएकी उनी मंसिर १७ गते सुत्केरी भएकी थिईन ।
कल्पनाका श्रीमान् गोपे सुनारले चिसोले मुख र जिउ सुन्निएको भन्दै त्यसै सञ्चो हुन्छ भनेर गाउँमै राखेका थिए ।
यसअघि चिसोकै कारण जाजरकोटमा तीन २९ र रुकुमपश्चिममा ३४ जनाको ज्यान गइसकेको छ।
































