१२ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्केगाड गाउँपालिका प्रथम

हुम्ला । १२ औं हुम्ला जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्केगाड गाउँपालिका प्रथम भएको छ । ९ स्वर्णसहित प्रथम बनेको हो ।

त्यस्तै सिमकोट गाउँपालिका ७ स्वर्ण पदक सहित दोस्रो, ताँजाकोट गाउँपालिका ६ पदक र खार्पुनाथ गाउँपालिका ५ स्वर्ण पदकसहित चौथो हुन सफल भएका छन् ।


१२ औं हुम्ला जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २० मंसिर २६ गतेदेखि सुरु भएको थियो । शनिबार ३० गते समापन भएको थियो ।

चंखेली गाउँपालिका वडा नम्बर ३ स्थित महादेव माध्यमिक विद्यालयमा खेल आयोजना गरिएको थियो ।

सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायाले यसपटकको प्रथम स्थान हासिल गरि दोस्रो पटक पनि रन्निङ शिल्ड हात पार्न सफल भएकोमा गाउँपालिकाका खेलाडीहरु लगायत सम्पुर्ण सरोकारवाला निकायहरूलाई बधाई तथा धन्यबाद दिएका छन् ।

 

 

खेलकुद क्षेत्रमा अझ प्रभावकारी नतिजा ल्याउनका लागि पालिका स्तरमा यस्ता किसिमका प्रतियोगिता भइरहने पनि उनले बताए । खेलाडीहरुको मनोवल उच्च राख्न पालिका सधै तत्पर रहने पनि अध्यक्ष रोकायाले बताए ।