काठमाडौं । आज नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सकिएको छ । संकल्प यात्रा चिवाभञ्ज्याङ पुगेर समापन गरिएको हो ।
पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर अध्यक्ष ओलीले झण्डोत्तोलन गरेसँगै यात्रा समापन भएको हो । टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ ।
अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी भएको यात्रा मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको थियो ।
































