पुस ७ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

काठमाडौं । आगामी पुस ७ गतेदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ।

तुइनखोलामा पुल बनाउन भित्तो काट्नका लागि दैनिक चार घण्टा सवारी साधन होल्ड गरिने भएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार पुस ७ गतेदेखि हरेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन बन्द गरेर काम गरिनेछ।

करिब तीन साता दैनिक चार घण्टा सवारी साधन रोकेर काम गरिनेछ।