एमबाप्पेको ह्याट्रिक गरेपछि फ्रेन्च कपमा पिएसजीको ९-० गोलको जित

काठमाडौं । केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च कपमा छैटौं श्रेणीको एमेच्योर क्लब रेभेललाई ९–० गोलले हराएको छ।

फ्रान्सका २५ वर्षीय स्ट्राइकर एमबाप्पेले पहिलो हाफमा १६  र ४५ मिनेटमा गोल गर्दा ४८ मिनेटमा ह्याट्रक पूरा गरे। यससँगै कपमा उनी क्लबका लागि सर्वाधिक गोलकर्ता बने।

पीएसजीका कीर्तिमानी गोलकर्ता फ्रान्सका कप्तान एमबाप्पेले फ्रेन्च कपमा २२ खेलमा ३० गोल गरेका छन्।

राउन्ड अफ ६४ को यो खेलमा पिएसजीले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ५ गोल थपेको थियो।

खेल कास्ट्रेसको स्टेड पियरे फेब्रेमा खेलिएको थियो। रेभेलको स्टेडियमको रूपमा रहेको यो मैदानमा २ हजार दर्शक अट्छन्।