सुर्खेत । राष्ट्रियसभा चुनावका लागि कर्णाली प्रदेशमा नेकपा एमाले उम्मेद्वारले मनोनयन दर्ता गरेका छन् । सोमबार प्रदेश निर्वाचनको कार्यालय सुर्खेत पुगेर मनोनयन दर्ता गएका हुन् ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ता गर्न जाँदा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरिय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुगेका थिए ।
कर्णालीमा राष्ट्रिय सभाको लागी तीन सिटमा मतदान हुँदैछ ।
































