काठमाडौं । रुसी सेनामा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । थप ७ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले उक्त कुरा पुष्टि गरेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।
ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
































