जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो सुन तस्करी नियन्त्रणसम्बन्धी प्रतिवेदन

काठमाडौं । जाँचबुझ आयोगले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी प्रतिवेदन गृहमन्त्री रवि लामिछानेलाई बुझाएको छ । आयोगले बिहिबार प्रतिवेदन बुझाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।

उक्त आयोगलाई पुस १६ सम्म अनुसन्धान सक्न भनिएपनि अनुसन्धान पुरा नभएको भन्दै आगोगले थप दुई महिना समय थप गर्न माग गरेको थियो ।
आगोगको माग अनुरुप २ महिना म्याद थप गरेपनि समय अपुग भएपछि मन्त्रीपरिषद्ले उक्त अनुसन्धान फागुन अन्तिमसम्म सक्न निर्देशन दिएको थियो ।

पटकपटक म्याद थप गरेर करिब करिब ५ महिनाको छानबिनपछि आगोगले बिहिबार गृहमन्त्रीलाई प्रतिवेदन बुझायो।

सरकारले गठन गरेको उक्त आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन्।