ठमाडौं । सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा ट्रायलका लागि परिक्षार्थीले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसबापत प्रशिक्षण केन्द्रहरूले मनोमानी शुल्क उठाउने गरेको भन्ने उजुरीपछि सतर्कता केन्द्रले सातवटै प्रदेश सरकारलाई पत्राचार गरी यस्तो निर्देशन दिएको हो ।
केन्द्रले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनैपनि नेपाल कानुनमा परीक्षार्थीहरूले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था उल्लेख नभएको पनि स्पष्ट गरेको छ।
त्यसकारण ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सो को कार्यान्वयनको जानकारी समेत केन्द्रलाई उपलब्ध गराउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ ।































