रवि लामिछानले भने-गालि गर्न कोही छुट्नु भएको भए गरिहालौं है

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुलाई गालि गर्न कोही छुट्नु भएको भए गरिहाल्न बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन ।
उनले मिडियामा निरन्तर आइरहेका स्लिपको बारेमा लेख्दै आजै साँझ पत्रकार सम्मेलन गर्ने समेत बताएका छन् ।

‘गाली गर्न कोही छुट्नु भो किरु छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन् । पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका स्लिपमा कोहि स्लिप हुनै पर्दैन। बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु,’ लामिछानेले लेखेका छन् ।