काठमाडौं । प्रहरीले माइतीघर मण्डलाबाट डा. गोविन्द केसीसहित ९ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार प्रदर्शन गर्न पुगेका डा। केसीसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राख्दै उनीहरू माइतीघरमा आन्दोलन गर्न पुगेका थिए ।
मंसिर ५ गतेदेखि स्थानीय प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र तोकेको थियो। प्रहरीले त्यसबारेमा डा। केसीलाई जानकारी गराउँदै आन्दोलन नगर्न भनेको थियो।
































