बालकुमारी घटनामा पक्राउ परेका ७३ जना रिहा

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जना रिहा भएका छन् । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेकालाई छोडिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई छोडिएको छ । उनीहरुलाई मुद्धा नचलाइने पनि उनले बताए ।

घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा आगजनी गरीएको थियो । सो घटनामा प्रहरीको गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन रावत र अछामको चौरपाटी गाउँपालिका१ का २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।