काठमाडौं । आज गुरुङ समुदायले हर्षोल्लासका साथ तमु ल्होसार पर्व मनाएका छन् । काठमाडौं लगायत देशभर उल्लासका साथ का विभिन्न ठाउँमा उल्लासका साथ ल्होसार मनाइएको हो ।
ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । त्यस्तै बसन्तपुरबाट टुँडिखेलसम्म र्याली निकालिएको थियो ।
गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । हरेक वर्ष पुस १५ गतेका दिनमा गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्दछन् ।































