दुबैजनालाई शहिद घोषणा र परिवारका एक जनालाई रोजगारीको माग

काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका दुबैजनालाई शहिद घोषणा गर्न माग गरिएको छ । प्रधानमन्त्रीलाई मृतकका परिवारले ११ बुँदे माग पत्र बुझाउँदै यस्तो माग राखेका हुन ।

शनिवार मृतकका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको थिए । बालकुमारी घटनामा विरेन्द्र शाह र सुजन रावतको ज्यान गएको थियो ।

कोरियन भाषा परीक्षामा अनउतिर्ण भएका विद्यार्थीहरुले आवेदन भर्न पाउनुपर्ने भन्दै गरिएको आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो ।

यस्तै आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न र आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निः सर्त रिहा गर्न पनि मृतकका परिवारको माग छ ।

सरकारले शनिबार निलम्बन गर्नुपर्ने अधिकारीहरुलाई निलम्बन गरिसकेको छ । त्यस्तै मृतकमा परिवालाई १० / १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको थियो ।