काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ घटाएको छ । निगमले आज मध्यरातिदेखि लागु हुने गरी घटाएको हो ।
नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।





























