राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न दिएको समय आज सकिँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्तालाई दिएको समय आज सकिँदै छ ।
निर्वाचन आयोगले माघ ११ गते गर्ने निर्वाचनमा दल दर्ताकाृ समय सकिन लागेको हो ।
मंसि र २४ देखि २९ गते आजसम्म दर्ता भएका दलले मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् ।संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ ।