काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको ईजालासले खाणलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा खाणबारे निर्णय हुन सकेको थिएन।
































