आज बेलुकादेखि तीनदिने सत्याग्रहमा बस्ने गोविन्द केसीको घोषणा

काठमाडौं । प्रा. डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने घोषण गरेका छन् । पत्रकार सम्मेलन गर्दै आजदेखि आज बेलुका ५ बजेदेखि आमरण अनसन बस्ने घोषणा गरेका हुन । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै तीनदिने सत्याग्रहको घोषणा गरेको बताएका छन् ।
विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग केसीका छन् ।