सर्केगाड । हुम्लाको सर्केगाडमा मतदान सकिएसँगै सर्वदलीय बैठकको तयारी भइरहेको छ । पालिकामा उपाध्यक्षका लागि भएको मतदानको मतगणना सम्भवत आजै रातिदेखि सुरु गर्ने तयारी गरिएको हो ।
मतदान सकिएपछि राजनीतिक दलहरू छलफलमा छन् भने सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी छ । यहाँ कुल ४ हजार पाँच सय चौबिस मत खसेको छ ।
पालिकामा मतदानका लागि १२ मतदान स्थलमा १३ मतदान केन्द्र तोकिएको थियो ।
सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट बाँचा बुढाबीच प्रतिस्प्रर्धा छ ।

































