सर्केगाड । हुम्लाको सर्केगाड गाउँपालिकामा उपनिर्वाचनमा अहिलेसम्म ४० प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रमा करिब ४० प्रतिशत मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृत सम्भु प्रसाद बरालले ४० प्रतिशत मत खसेको जानकारी दिए । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सर्केगाडमा ६ जना उम्मेदवार मैदानमा छन्।
सर्केगाड गाउँपालिकामा उपध्यक्षको लागि नेपाली कांग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवी तिमल्सिना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचु बुढाले प्रतिस्प्रर्धी छन्।
यहाँ सबै दल एक्ला एक्लै लडेकाले मुख्य प्रतिस्प्रर्धा कांग्रेस र माओवादीबीच हुने प्रक्षेपण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको निधन भएपछि उपनिर्वाचन घोषणा भएको थियो ।































