सरकारलाई ओलीको प्रश्न : कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी हान्नेलाई पहिल्यै किन पक्राउ गरिएन ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकरी हान्नेलाई पहिले नै पक्राउ नगरिएको बताएका छन् ।
एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एसिड आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन ।

ओलीले भने, ‘अस्ति यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त । लात्ती हान्छु भन्दै खुट्टा उचालेको थियो । मान्छेहरुको नाम लिई लिई काट्छु भन्दा सरकार कानमा तेल हालेर बसेको थियो ?,’