काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाममा भएको विवाद सम्वादबाटै समाधान गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा समाजवादी मोर्चाले गरेको सन्देश सभामा प्रधानमन्त्रीले यस्तो बताएका हुन ।
‘कन्फ्रन्टेसन होइन, वार्ता र सम्वादबाट जनताको भावनाको कदर हुने गरी सामाधान खोजिनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन काण्डमा सरकारले चालेको कदमबाट एकथरी मानिस आतंकित भएको बताए ।
‘कति दिन सरकारमा बसिन्छ, मतलब भएन, तर सुशासनको पक्षमा काम गर्ने हो । सरकार एक्लैले मात्र लडेर जित्न सकिन्न, जनताको साथ अपरिहार्य छ,’ उनले भने ।































