काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४४=३० अंकले बढेको छ । सबै उपसमूहमा हरियाली छाएको बजारमा कारोबार रकम भने एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँ रह्यो ।
सोमबार बजारमा २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा २१२ कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको सेयर मूल्य घट्यो भने ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।
होटल, ट्रेडिङ र फाइन्यान्स उपसमूहमा उछाल आएको बजारमा ४ कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट तहमा पुग्यो । थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लेबलमा बढेको थियो ।


























