बझाङ । बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेका दमन भण्डारीले सुरुवाती अग्रता लिएको छ ।
छबिसपाथिभेरा–२ को ४०३ मत गणना हुँदा उनले १५७ मत पाएका छन् । उनका प्रतिस्प्रर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।
त्यस्तै तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।
राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् ।
































