इलाम २ मा कांग्रेस एमालेबीच मुख्य प्रतिस्पर्धा

इलाम । इलाम २ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।

फाकफोकथुम गाउँपालिकाको मतगणनाको सुरुवाती विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ र उनका निकटतम प्रतिस्प्रर्धी एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् ।