इलाम २ मा कांग्रेसका खड्काको सुरुवाती अग्रता

काठमाडौं। आमचासो रहेको इलाम २ को सुरुवाती मतगणना सार्वजनिक भएसँगै कांग्रेसका डम्बर बहादुर खड्काले सुरुवाती अग्रता कायम गरेका छन् ।

शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता लिएका हुन् ।

यस्तै एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत र रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् ।