कांग्रेसका डम्बरबहादुर खड्काले गराए उम्मेदवारी दर्ता

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । इलाम २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन ।
एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बु, सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमदीप थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी, मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र डकेन्द्र सिंह लिम्बू, एकीकृत समाजवादीबाट जीत बहादुर राईले उम्मेदवारी दिएका छन्।