काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई साझा उमेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् ।
सुहाङलाई नेकपा एमालेसँगै नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सघाउने भएका हुन् ।
सो क्षेत्रमा चुनावी तालमेल गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विप्लवबीच उच्चस्तरीय समझदारी भएको छ ।
सुहाङलाई विजयी गराउन तीनै पार्टीका जिल्ला नेताहरूले आम मतदाता, शुभेच्छुक, समर्थकमा संयुक्त अपिल गरेका छन् ।
इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ छ ।































