नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।
एमाले
रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार,

पदम गिरी कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती रक्षा
भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
राजेन्द्र राईले खानेपानी मन्त्रालय
दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति
ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी
बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

नेकपा माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री
वर्षममन पुन अर्थमन्त्री
शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री
रेखा शर्मा सञ्चार तथा सूचनाप्रविधि र हितबहादुर तामाङ संस्कृति
पर्यटन तथा नागरिक उड्डयनमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी
रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री
डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद
सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री