काठमाडौं । सत्ता साझेदार दलहरूबिच सरकारको भागबण्डा मिलेको छ ।
सहमतिमा सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमाले महत्त्वपूर्ण मन्त्रालयबिना नै सरकारमा सहभागी हुने भएको छ।
एमालेबाट भौतिक मन्त्रीको रूपमा रघुवीर महासेठको नेतृत्व सरकारमा जाने भएको छ। यस अगाडि एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री थिए।
एमाले आठ मन्त्रालयसहित सरकारमा जाँदै छ । एमालेबाट यस अगाडि नै पदम गिरीले विना विभागीय मन्त्रिको रूपमा शपथ लिइसकेका छन्।
दोस्रो ठुलो दल माओवादी केन्द्रले अर्थ र परराष्ट्रसहित पाँच मन्त्रालय लिने भएको छ। यस अगाडि यी दुवै मन्त्रालय नेपाली कांग्रेसले लिएको थियो।
गठबन्धनको तेस्रो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी गृहसहित चार मन्त्रालय लिएर सरकारमा जाने भएको छ।
रास्वपाबाट गृह रवि लामिछाने, डिपी अर्याल श्रम, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालय लिएर जाने भएको छ।
यस अगाडि पुस १० को गठबन्धनमा सरकारमा जाँदा रास्वपा गृह, शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्रीसहित सरकारमा गएको थियो। सुमना र बिराज नयाँ हुन्। रवि र डीपी दोहोरिएका छन्।
एकीकृत समाजवादी समेत दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ।































