रवि गृहमन्त्री बन्दै, आजै शपथ ग्रहण

काठमाडौं । प्रचण्ड नेतृत्वको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान र गृहसहित ३ मन्त्री र एक राज्य मन्त्री पाउने निश्चित भएको छ ।

सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले दलहरूले पाउने मन्त्रालयको टुंगो लगाएको हो ।

अब मन्त्रालय र मन्त्रीको टुंगो लगाउन अन्तिम कसरत बाँकी रहेको नेताहरूले बताएका छन् ।