साँझ फेरि बस्ने गरी सकियो समाजवादी मोर्चाको बैठक

काठमाडौं । साँझ फेरि बस्ने गरी समाजवादी मोर्चाको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चाले गरेका कामहरुको समिक्षा गरिएको हो ।
मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्।

गत असारमा गठन भएको मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना रेर मोर्चा गठनको औचित्य बताइसकेको छ। त्यस्तै सबै जिल्ला र पालिका तहसम्म संगठन विस्तार गर्ने उसको लक्ष्य छ।